‘सामाजिक सञ्जालका दुष्प्रचारले मिडियाहरू जोखिममा’

‘सामाजिक सञ्जालका दुष्प्रचारले मिडियाहरू जोखिममा’
सुन्नुहोस्

काठमाडौं  : अन्नपूर्ण मिडिया नेटवर्कले आफ्ना सञ्चारगृहमा कार्यरत पत्रकारहरूलाई मिस/डिस इन्फरमेसनबारे जानकारी दिन कार्यशालाको आयोजना गरेको छ। अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालयमा बिहीबार र शुक्रबार सञ्चालन गरिएको कार्यशालामा विज्ञहरूले प्रशिक्षण दिएका थिए।

सहभागीलाई प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी, साइबर सुरक्षाविज्ञ पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराई र मिथ्या सूचना अध्येता किरण चापागाईंले प्रशिक्षण दिएका थिए। अन्नपूर्ण एक्पे्रसका सम्पादक कमलदेव भट्टराईले प्रशिक्षणको सहजीकरण गरेका थिए। प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा हुने दुष्प्रचारको बाढीले मिडियाहरू जोखिममा परेको बताए। उनले भने, ‘मिथ्या सूचनाको मारमा मिडियाहरू छन्। सरकारले प्रेस जगत्लाई बचाउनका लागि लाग्नुपर्छ।’ 

अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले मिथ्या सूचनाको बाढीबाट सञ्चारकर्मीहरू जोगिनुपर्ने बताए। उनले भने, ‘हामीले प्रकाशन गरेका सूचना हटाउनु नपरोस् भन्ने ढंगबाट काम गर्नु पर्छ।’ डा. भट्टराईले नेपालका डाटाहरू साइबर दृष्टिकोणले निकै असुरक्षित भएकाले सरकार गम्भीर हुनुपर्ने बताए। नेपालमा साइबर आक्रमण बढ्दै गएको छ। तर यसको नियन्त्रणका कानुन, प्रविधिको पहुँच र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले तत्काल काम गर्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.