बजेटमा ओलीको आपत्ति, भने- सत्तारुढ दलहरूसँग छलफल गरिएन, पार्टीको बजेटजस्तो देखियो


काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको बजेट अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेटजस्तो देखिएको बताएका छन्। 

संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श नगरी आएको आरोप लगाए। उनले सत्तारुढ दलमा छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेटजस्तो देखिन गएको टिप्पणी गरे। 

उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमि देखिएको बताए। मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौलजस्तो देखिएको उनले बताए। 

बजेटमा भने राम्रा कार्यक्रहरू आएको उनको भनाइ छ। अध्यक्ष ओलीले बजेटमा देखिएका कमीलाई औल्याउँदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे। उनले बजेटमा रहेका आफ्ना मतहरूलाई संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र प्रयाप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.