दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधान गर्न प्रयास भइरहेको छ : श्रममन्त्री

दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधान गर्न प्रयास भइरहेको छ : श्रममन्त्री
सुन्नुहोस्

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन्। 

शनिबार जनकपुरमा मधेश प्रदेश श्रमाधान रोजगार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै धेरै भन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका हुन्। 

स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका धेरै समस्याहरू  एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको उनले बताए।

उनले श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

मधेश प्रदेशका सबै नागरिकलाई मेलाबारे जानकारी गराई सकेसम्म देशको श्रम बजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरे। उनले नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको जानकारी दिए। 

दुई दिनसम्म चल्ने मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायतका स्टल रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.