'बाध्य भएर ब्रिटिस गोर्खा भर्ती स्थगनको मागसहित सर्वोच्चमा मुद्दा हाल्यौं'

'बाध्य भएर ब्रिटिस गोर्खा भर्ती स्थगनको मागसहित सर्वोच्चमा मुद्दा हाल्यौं'
सुन्नुहोस्

काठमाडौं : ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालले ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको छ।

बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आन्दोलनरत ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूको मागका बारेमा नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको भन्दै ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको हो।

ब्रिटिस गोर्खामाथि भएको विभेदको अन्त्य, त्रिपक्षीय सन्धीको मर्म र भाव अनुसार समान पेन्सन, १९४७ को त्रिपक्षीय सन्धीको समय सापेक्ष परिमार्जन नभएसम्म ब्रिटिस सेनामा भर्तीप्रथा स्थगन वा रोक्नुपर्ने भएकाले सर्वोच्चमा रिट निवेदन गर्न बाध्य भएको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए। 

उनले ब्रिटिस गोर्खा भर्ती भएका नेपालीलाई दासको रूपमा हेरेको र सेवा सुविधामा विभेद गरेको भन्दै सरकारलाई पटक-पटक ध्यानाकर्षण गराए पनि सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको धारणा राखे। उनले यसअघि ६ पटक सरकारसँग भएको वार्ताबाट पनि कुनै सहमति नभएकाले बेलायतमा आमरण अनसन बस्ने घोषणा गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.