किसानलाई आधुनिक उपकरण प्रदान

किसानलाई आधुनिक उपकरण प्रदान
सुन्नुहोस्

नुवाकोट : कृषिमा लागत कम गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यले नुवाकोटको ग्रामीण भेगमा किसान जागरण कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत नुवाकोटका किसानहरूलाई आधुनिक उपकरणहरू हस्तान्तरण गरिएको छ।

किसानहरूलाई साना कृषियन्त्र उपकरण वितरण योजनाअन्तर्गत चालु आवमा नुवाकोटमा ९० लाख रुपैयाको उपकरण किसानलाई हस्तान्तरण गरिएको छ। यसबाट किसानलाई उत्प्रेरणा मिलेको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान जोन कार्यक्रम अन्तर्गत स्थानीय तहको समन्वयमा विभिन्न गाउँपालिकामा रहेका कृषि सहकारी तथा कृषि समूहहरूलाई आधुनिकरण प्रविधि हस्तान्तरण गरिएको हो। 

परियोजन कार्यान्वयन एकाई नुवाकोटले लिखु र तादी गापा रहेका विभिन्न वडामा रहेका किसानलाई विभिन्न प्रकारका कृषि उपकरण हस्तान्तरण गरेको हो। कृषि सहकारी, कृषक समूह तथा कृषि फार्महरुलाई अनुदानमा उपलव्ध गराइएको  कृषि यन्त्र तथा उपकरणहरु लिखु गापाको थानसिङमा कार्यक्रमकावीच लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठले हस्तान्तरण गरे। 

उनले यसबाट किसानलाई आधुनिक खेती प्रणालीको सुरुवात गर्न सजिलो भएको बताए। अध्यक्ष श्रेष्ठले किसानलाई प्रोत्साहाको कार्यक्रम पालिकाले सदैव सञ्चालन गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.