दाङमा हावाहुरीले घर भत्किंदा एक वृद्धको मृत्यु
दाङ : दाङको तुलसीपुरमा घर भत्किंदा वृद्धको मृत्यु भएको छ। शनिबार बेलुका हावाहुरीसहित आएको पानीले घर भत्किंदा तुलसीपुर उपमहानगरपालिका-१२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।
केसीको परिवारमा तीनजना रहेका थिए। तर हावाहुरीको समयमा घरमा वृद्ध दम्पति मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर केसीको मृत्यु भएको हो।
उनकी श्रीमती भने सकुशल रहेको वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।