संघीय संसदको दुवै सदनको बैठक बस्दै, बजेटमाथि सामान्य छलफल सुरू हुने

संघीय संसदको दुवै सदनको बैठक बस्दै, बजेटमाथि सामान्य छलफल सुरू हुने
सुन्नुहोस्

काठमाडौं : संघीय संसद‍्अन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दैछन्। प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दैछ।

दुवै बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। 

दुवै बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।

दुवै बैठकमा अर्थमन्त्री वर्षमान पुनले  वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सामान्य छलफल सुरू हुने
छ।

यसैगरी राष्ट्रियसभा बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

विद्यायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने दैनिक कार्यसूचीमा उल्लेख  छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.