नेपाल प्रहरीले पक्राउ गर्यो बंगलादेशी सांसदको हत्यारा, हत्यापछि बंगलादेश हुँदै काठमाडौं आएका थिए
काठमाडौं : बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न एक आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ। नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमक हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
भारतमा बंगलादेशी सांसदको हत्या गरेपछि हुसेन काठमाडौंमा पक्राउ परेको प्रहरी उच्च स्रोतले बताएको छ। सियामको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ।
अन्य अभियुक्त पनि हत्यापछि नेपाल भागेको थिए। सांसदको हत्या गरेपछि उनी बंगलादेश गएका थिए। त्यसपछि उनी काठमाडौं आएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारत उपचार गर्न आएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम मे १३ देखि सम्पर्क विहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए।
बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिएका थिए।