प्री ओपन सेसनमा नेप्से परिसूचक ३.५२ अंकले बढयो
काठमाडौं : प्री ओपन सेसनमा आइतबार नेप्से परिसूचक ३.५२ अंकले बढेको छ। नेप्से ३.५२ अंकले बढेर २०७३.०६ विन्दुमा अडिएको छ।
यो समयमा ४९ स्क्रिप्सको ५ हजार ९७७ कित्ता सेयर ३४ लाख ६३ हजार १४९ रुपैयाँमा खरिद बिक्री भए।
प्री ओपन सेसनमा ३० स्टकको मूल्य बढ्दा १७ वटाको घट्यो भने २ वटाको मूल्य स्थिर रह्यो।