कार्य व्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं : कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ। आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको हो।
आजदेखि संसदका दुवै सदनमा जेठ १५ गते संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।