प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : संघीय संसद्अन्तरगत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।
दुवै बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सामान्य छलफल सुरू हुने
छ।
यसैगरी आजै दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरू हुने कार्यसूची छ।