गृहमन्त्रीले कांग्रेस नेताहरूमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

गृहमन्त्रीले कांग्रेस नेताहरूमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले पार्टीका नेताहरू लक्षित गर्दै दिँदै आएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिनुपर्ने बताएका छन्। गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा सूचना बेच्ने मान्छेहरू सदनमै रहेको अभिव्यक्ति दिएका थिए। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले आफ्ना नेताहरूलाई लगाएको आरोपहरू रेकर्डमा हटाउन समेत माग गरे।

उनले भने,' बाहिर एउटा चटकेजस्तो बोल्न पाइएला। तर, संसद चटक देखाउने ठाउँ  होइन। यो कुरामा कांग्रेस पनि प्रष्ट होस् भन्न चाहन्छ।  जुन कुरा यहाँ भनियो । जुन कुरा सुनियो। उहाँ सुनुहुन्छ, कि प्रधानमन्त्रीलाई अन गर्नुहोस। तपाईसँग हिसाब किताब गरौंला। कि होइन भने प्रधानमन्त्री आउनुहोस्। भन्नु होस\। यो रेकर्डबाट हटाउँछौं भनेर। होइन भने यही सदनबाट प्रधानमन्त्रीसँग हिसाब किताब लिइन्छ। सभामुखको अगाडिबाट लिइन्छ।'

उनले सहकारी गठी प्रकरणमा गठित संसदीय विशेष समितिले गर्ने काम महत्वपूर्ण हुने बताए।  उनले समितिले गृहमन्त्री लामिछाने,महान्यायाधिवक्ता र आईजीपीको समेत बयान लिने दावी गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.