प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो।
अहिले दलीय आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले बजेटमाथि आफ्नो भनाइ राखिरहेका छन्।