लेक लागेर यार्सा संकलन गर्न गएका ५ जनाको मृत्यु

लेक लागेर यार्सा संकलन गर्न गएका ५ जनाको मृत्यु
फाइल तस्बिर।

मुगु : यार्सा संकलन गर्न गएका ५ जनाको लेक लागेर मृत्यु भएको छ। जेठ १५ गतेदेखि यार्सा पाइने पाटन क्षेत्र संकलनकर्ताहरु लागि खुल्ला गरेपछि पाटन क्षेत्रमा पुगेका यार्सा संकलकहरुमध्ये पाँच जनाको उपाचर गर्न ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको छ। लेक लागेर बिरामीको संख्या बढ्न थालेपछि जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली मुगुम कार्मारोङ गाँउपालिका-२ मुगुम गाउँ हिंडेको हो। 

 
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले दिएको जनाकारी  बैशाख २६ गतेदेखि जेठ २० गतेसम्म लेक लागेर यार्सा संकलन गर्न पुगेका पाँच जनाको मृत्यु भएको हो। लेक लागेर मृत्यु हुनेहरुमा बैशाख २६ गते जुम्ला जिल्ला पातारासी गाँउपालिका—३ का २७ बर्षिय सुर्य रावतको मृत्यु भएको थियो। लेक लागेर उपचार गर्न सदरमुकाम गमगढी ल्याउँदै गर्दा जेठ १८ गते छाँयानाथ रारा नगरपालिका-१२ का २९ वर्षीय मानबहादुर बुढा, सोही वडाका २१ वर्षीय सुमन बुढा र  सोही वडाकै २४ वर्षीय राजन सावत  र वडा नम्बर १० का २० वर्षीय देबराज बुढाका  जेठ १९ गते उपचार गर्न सदरमुकाम गमगढी ल्याउँदै गर्दा बिच बाटोमा मृत्यु भएको थियो। 

लेक लागेर पाँच जनाको मृत्यु भएको र अन्य संकलन कर्ता समेत बिरामी पर्न थालेपछी जिल्ला अस्पातलबाट डाक्टर सहितको स्वास्थ्यकर्मी टोली मुगुम कार्मारोङ गाउँपालिका-२ मुगुम गाउँमा आइतबार पठाइएको छ। आवश्यक अक्सिजन औषधीसहित टोलीलाई पठाइएको छ थप औषधी सहित अन्य सामग्री र स्वास्थ्यकर्मिको टोलीलाई समेत उक्त स्थानमा पठाइदिन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी जानकारी गराएका हुन्।

'मृतकका लासलाई पोष्ट मार्टम गर्न जिल्ला अस्पाताल ल्याउनु भएकाले १२ घण्टा पैदल टाढा मुगु गाउँमा रहेका ३ लास र ९ घण्टा पैदल दुरी रहेको सिरानी चौरमा रहेको अर्को लास  जिल्ला अस्पातल सम्म कसरी पुराउने हो मुगुम गाँउबाट सदरमुकाम पुग्न दुई दिन पैदल हिंड्नु पर्ने भएकाले लासलाई अस्पातल कसरी पुराउने भन्ने आफन्त तथा गाउँलेहरुलाई चिन्ता छ।', छायाँनाथ रारा नगर पालिका —१२ का वडा अध्यक्ष आईतुराम रोकायाले बताए।

उच्च हिमाली पाटनहरुमा पाइने बहुमुल्य,बहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका अधिकांश संकलनकर्ताहरुमा लेक लाग्ने,पेट दुख्नुका साथै  झाडा पखाल र रुघा खोकीको समस्याले पाटनबाट आ-आफ्नो गाउँ घरतिर झर्न थालेको मुगुम कार्मारोङ गाउँपालिका—२ का कार्मा तामङले बताएका छन्।
गत वर्ष यार्सा टिप्न मुगुका  पाटनहरुमा  पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको काठे पुल तर्दै गर्दा खोलामा खसेर मृत्यु भएको थियो भने यो वर्षको शनिबार मृत्यु भएका सहित जोड्दा पाँच  जनाको मृत्यु भैसकेको छ।

मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पु  सोही गाँउपालिका-२ मुगुम गाउँका एक दर्जन भन्दा बढी पाटन क्षेत्रमा। र्‍ यार्सा संकलनका लागि गाँउपालिकाले जेठ १५ देखि असार १५ सम्म एक महिनाकोलागी खुल्ला गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.