बजेटमाथि छलफल

१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्रीजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय गर्नुभयो : पूर्वअर्थमन्त्री महत

१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्रीजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय गर्नुभयो : पूर्वअर्थमन्त्री महत

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले ल्याएको बजेट सन्तुलित र समयसापेक्ष नभएको टिप्पणी गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिदै कांग्रेस सांसद डा.प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा थुप्रै आशं व्यक्त हुन थालिएको बताए।

पूर्व अर्थमन्त्री समेत रहेका डा.महतले  १८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन लागि अर्थमन्त्री वर्षमान पुनले  ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय गरेको आरोप लगाए।  ऋणको भार बढिरहेका बेला यति ठूलो आन्तरिक ऋण लिने निर्णय लिनु उचित नभएको उनको तर्क छ।

' १८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो। यो रकम सानो रकम होइन,'उनले भने,'उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन।'

उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै उनले यो ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।  'त्यही ऋण तिर्नका लागि अर्को ऋण लिनुपर्ने अवस्था सृजना हुन्छ। यसले मुलुकको अर्थतन्त्र कहाँ पुर्‍याउँछ?'

नेता महतले बजेट विनियोजन पनि गलत किसिमबाट भएको जिकिर गरे। ' भौतिक मन्त्रालयलाई  १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याउनु भयो,सहरी विकास योजनामा ६६ अर्ब ९२ अर्ब बनाउनुभयो। यो उचित होइन।'

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ। जेठ १५ गते अर्थमन्त्री पु्नले सार्वजनिक गरेको बजेटमाथि  संसदमा छलफल सुरू भएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.