मालपोत र नापी कार्यालयमा तालाबन्दी
दाङ : स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै पीडितहरू तालाबन्दीमा उत्रिएका हुन।
सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण दवावस्वरुप तालाबन्दी गर्नु परेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।
दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रतिक्रिया दिनुहोस !
८