मधेसमा हामी रोजेर प्रतिपक्षीमा गएका होइनौं, उपेन्द्रजीसँग अझै सहकार्यको आवश्यकता छ : माधव नेपाल

मधेसमा हामी रोजेर प्रतिपक्षीमा गएका होइनौं, उपेन्द्रजीसँग अझै सहकार्यको आवश्यकता छ : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूको आवश्यकता सबैले महसुस गरिरहेको बताएका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

केन्द्रको सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीले अब के गर्छ भन्ने धेरैको चासो रहेको उनले बताए। मधेस प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच सरकार निर्माणमा भइरहेको खेलमा पनि उनले टिप्पणी गरे। उनले जानाजान आफूहरू प्रतिपक्षमा नआएको स्पष्ट पारे। उनले जनता समाजवादी पार्टी नेपालसँग विगतदेखि सहकार्य हुँदै आएको र अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनमा जिताउनेदेखि रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउनेसम्मको सहकार्य भएको उनले बताए। अध्यक्ष नेपालले अहिले पनि उपेन्द्रसँग सहकार्यको आवश्यकता रहेको बताए। 

'राष्ट्रिय राजनीतिमा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं। अहिले पनि हाम्रो आवश्यकता सबैले महसुस गरिरहेका छन्। अब के होला भन्ने आम चासो छ। तर, हामी केन्द्रीय सरकारमा सहभागी छौं। मधेस प्रदेशमा भने प्रतिपक्षीसँग छौं। तर, हामी रोजेर प्रतिपक्षीमा गएका होइनौं। जनता समाजवादीसँग सहकार्य हुँदै आएको छ। उपराष्ट्रपति बनाउनेदेखि उपनिर्वाचनमा उपेन्द्रजीलाई जिताउनेसम्म हाम्रो सहकार्य भएको छ। त्यो सहकार्य निरन्तरताको आवश्यकता विद्यमान छ,' उनले भने।

अध्यक्ष नेपालले समीकरणमा रहे पनि आफूहरूको उचित सम्मान हुन नसकेको गुनासो गरे। कतिपय कुराका लागि अहिले पनि संबाद चलिरहेको उनले खुलाए। 'कतिपय कुरा पाउन अझै बाँकी छ। त्यस विषयमा अझै छलफल जारी छ। त्यसका लागि प्रधानमन्त्री र एमाले अध्यक्षसँग निरन्तर संबाद भइरहेको छ। आज पनि हामीबीच छलफल भएको छ। तर, कुरा टुंगिसकेको छैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.