राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक पेश
काठमाडौं : संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक पेश भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले 'मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्।
सो विधेयक गत वैशाख १२ गते राष्ट्रियसभामा दर्ता भएको थियो। प्रेस काउन्सिल ऐन,२०४८ लाई खारेज गर्न सरकारले यो विधेयक ल्याएको हो।