सिट्रोन इ–सिथ्रि साइन नेपाली बजारमा
काठमाडौं : विद्युतीय गाडी सिट्रोन इ–सिथ्रिको नयाँ मोडल नेपाली बजारमा भित्रिएको छ। सिट्रोन इ–सिथ्रिको प्रिमियम मोडल सिट्रोन इ–सिथ्रि साइन नेपाली बजारमा ल्याइएको हो।
नेपालमा फ्रान्सेली बान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन इ–सिथ्रि साइन आधिकारिक रुपमा नेपालमा सार्वजनिक गरेको हो। सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको १०३ वर्षभन्दा लामो समयदेखि विश्वबजारमा उपस्थिती रहदै आएको छ।
उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य कम्पनीको छ। अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित रहेको छ।
यो गाडीमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर याप्ड स्टेर्यारड ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएम जस्ता विशेषता समावेश छन। यी विशोषताहरुले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।
यो गाडीको बजार मुल्य ३५ लाख ९९ हजार निर्धारण गरिएको छ। किफायती मूल्यमा उपलब्ध सिट्रोन इ–सिथ्रि साइनले विद्युतीय गाडीहरुको बिक्रिलाई नेपाली बजारमा पहुँच योग्य बनाउँदै लैजाने भनिएको छ।
कम्पनी सांग्रिला मोटर्सले दिगो ब्याट्री व्यवस्थापनको लागि पनि काम गर्दै आइरहेको जानकारी दिएको छ। भारतको सबैभन्दा ठूलो लिथियम आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी अतिग्रस्त ब्याट्रीहरूको प्रबन्ध गरिरहेको कम्पनीले बताएको छ। यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि जोड दिन्छ।
अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा आफुलाई स्थापित गरेको छ। ग्राहक अनुभवलाई प्राथमिकता दिदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोवालिटी एमी, एसयूभी सेडान, र इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वननिक गरेको छ। सिट्रोनको १०१ देशहरुमा र विश्वव्यापी रूपमा ६२०० विक्री र सेवाहरूको नेटवर्क रहेको छ।