सहकारी ठगी प्रकरण : ६ वटा मोबाइलका सीम बोक्थे सीबी लामा

सहकारी ठगी प्रकरण : ६ वटा मोबाइलका सीम बोक्थे सीबी लामा
सुन्नुहोस्

काठमाडौं : प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा)लाई सार्वजनिक गरेको छ। प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको डेड अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभविरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए। प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफूमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे। पक्राउ परेका लामाका साथबाट प्रहरीले सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरेको जनाएको छ । 

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ। उनको विभिन्न प्रहरी इकाइहरुमा गरि अन्य चार वटा बैंकिङ कसुरको मुद्दा चलेको र तीन वटा मुद्दामा फरार रहेको पाइएको समेत प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.