ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते

ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते
सुन्नुहोस्

राजविराज : कञ्चनपुर हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-३ सुब्बाटोलमा शनिबार मध्यराति ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। 

स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका-१९ का ३२ वर्षीय मोहम्मद इर्शाद र सप्तरीको कञ्चनरुप नगरपालिका-७ का २१ वर्षीय सुशील राम भनिने खगेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा २० जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ।

घाइते हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का गणेश कुमार साह, सोही ठाउँका ३० वर्षीय प्रेम सरदार, ३० वर्षीय अर्जुन राम, ३० वर्षीय गणेश राम, ३० वर्षीय दिनेश राम, ३१ वर्षीय अजय राम, २६ वर्षीय अरुण राम, २६ वर्षीय दिनेश कुमार राम, ३० वर्षीय रमेश राम, ३० वर्षीय धिरेन सरदार रहेका छन्।

यसैगरी कञ्चनरुप नगरपालिका-१२ का २१ वर्षीया हजरा खातुन, २७ वर्षीय आनन्द सदा, ३२ वर्षीय मोहम्मद नौसाद मियाँ, २७ वर्षीय मोहम्मद अकबर मियाँ, २७ वर्षीया मुनी खातुन, २८ वर्षीय मोहम्मद मुकिम, १२ वर्षीय नासिन अलि, सिरहाको लहान नगरपालिका-२ का ३५ वर्षीय विक्रम सिंह, भारत घर भएका २५ वर्षीय विकास कुमार पासवान, २२ वर्षीय राजेश कुमार राम र  वर्षीय सुरज कुमार रहेका छन्। 

घाइतेमध्ये १४ जनाको विराटनगरस्थित गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूप नगरपालिका-१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.