बजेट कटौती गरेकोमा पालिकाका जनप्रतिनिधिहरू आन्दोलित हुने अवस्था छ, तत्काल फिर्ता गरौं : सांसद बडू

बजेट कटौती गरेकोमा पालिकाका जनप्रतिनिधिहरू आन्दोलित हुने अवस्था छ, तत्काल फिर्ता गरौं : सांसद बडू

काठमाडौं : नेपाली कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले स्थानीय तहको अनुदान कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले सरकारले संघीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान कटौती गरिदिएका कारण गाउँपालिका महासंघ र नगरपालिका संघ धर्ना र प्रदर्शनमा जान बाध्य भएको बताए।

उनले तत्काल कटौती भएको अनुदानलाई निरन्तरता दिन समेत आग्रह गरे।  'सरकारले संघीयताको मूल मर्मविपरीत स्थानीय तहको अनुदान कटौती गरिदिएका कारण गाउँपालिका महासंघ र नगरपालिका संघ धर्ना र प्रदर्शनमा जान बाध्य भएका छन्,'उनले भने,' त्यो कटौती भएको अनुदानलाई तत्काल संचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

सरकारले स्थानीय तहलाई दिँदै आएको  वित्तीय समानीकरण अनुदानको करिब २६ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। 

आइतबार स्थानीय तहका जनप्रतिनिधिहरूले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका थिए।

सरकारको सो निर्णय फिर्ताको माग गर्दै करिब डेढ सय बढी गाउँपालिका तथा नगरपालिकाका मेयर/उमपेयर तथा अध्यक्ष /उपाध्यक्षहरू काठमाडौं आएका छन्।

अर्थमन्त्रालयले चालु वर्षका स्वीकृत बजेटअन्तरगत वित्तीय समानीकरण अनुदान कटौती गरेपछि रकम निकासाको माग गर्दै मुलुकभरका स्थानीय तहका प्रतिनिधिहरू राजधानी आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.