काठमाडौं : सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्नु पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।
काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो।
स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो।