धनराज गुरूङको सुझाव : चितवनको सौराहालाई हनिमुन सिटी बनाऔं
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व वृद्धि गर्न सकिने बताए । उनले आफूले गाँजा खेतीका लागि कानुन बनाउनका लागि पटकपटक सुझाव दिँदा पनि यसलाइ प्रतिबन्ध गर्दा अरबौं राजस्व गुमिरहेको बताए।
औषधीजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा बढि राजस्व उठ्ने उनको भनाइ छ । गुरुङले गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्नेमा जोड दिए।
उनले धार्मिक,सांस्कृतिक,खेलकुदलगायत पर्यटनको सम्भावनालाई अघि बढाउनुपर्ने र चितवनको सौराहालाई हनिमुन सिटी बनाउन सुझाव दिए।