सेयर बजार फेरि ओरालोतिर,कारोबार रकम पनि घट्यो

सेयर बजार फेरि ओरालोतिर,कारोबार रकम पनि घट्यो
सुन्नुहोस्

काठमाडौं : अघिल्लो कारोबार दिन आइतबार दोहोरो अंकले वृद्धि भएको सेयर बजार आज एकल अंकले  ओरालो लाग्यो। नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा कायम भएको हो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से १३ अंकले बढेको थियो। सेन्सेटिभ इण्ड‍ेक्स ०.४२ प्रतिशतले घटेर ३७०.०६ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार  रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३१६ स्क्रिप्सको  ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ४ अर्ब ३१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। एनआईबीएल स्टाबल फण्डका लगानीकर्ताले भने गुमाए। सो को सेयरमा १० प्रतिशतले गिरावट आयो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर १४ करोड मूल्य बराबरमा खरिदबिक्री भयो। १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। 

माइक्रोफाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका ११० स्टकको मूल्य बढ्दा १२९ वटाको घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.