इटहरीमा सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’को प्रयोग

इटहरीमा सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’को प्रयोग
सुन्नुहोस्

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न  ‘रोड वासर कम स्प्रिङकलर’ मेसिन प्रयोगमा ल्याएको छ। मेसनको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ। 

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने जानकारी दिए। उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ।’

उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवधारणा ल्याएको छ। सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि मेसिन खरिद गरिएको मेयर पौडेलले बताए। इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकल’ मेसिन खरिद गरेको थियो। 

सहरलाई सफा र सुन्दर बनाउन मेसनले सहयोग गर्ने पौडेलले बताए। उपमहानगरपालिका भित्र आवश्यकता अनुसार समय तालिका बनाएर मेसिन प्रयोग गरिने उनको भनाइ छ। प्राविधिकहरूका अनुसार यसले आगलागीको बेला आगो निभाउन पनि सहयोग गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.