बंगबन्धु कप कबड्डीमा नेपाल बंगलादेशसँग पराजित
बागलुङ : बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ। बंगलादेशको ढाकामा सोमबार भएको फाइनल खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ४५–३१ अंकले पराजित हुँदै नेपालले उपविजेतामा चित्त बुझाएको हो।
यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल बंगालादेशसँग पराजित हुँदै समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
ने
नेपालमा कप्तान घनश्याम रोका मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। रोकाले प्रतियोगितामा पाँच खेलमा म्यान अफ दी म्याच समेत घोषित भएका थिए।