भारतीय लोकसभा चुनाव : बिहान ८ बजेबाट मतगणना सुरु, आजै मतपरिणाम आउने

निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी

भारतीय लोकसभा चुनाव : बिहान ८ बजेबाट मतगणना सुरु, आजै मतपरिणाम आउने
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : भारतीय निर्वाचन आयोगका अनुसार ५४३ लोकसभा सिटमध्ये ५४२ सिटको मतगणना मंगलबार बिहान ८ बजेबाट सुरु हुनेछ। आज नै मतपरिणाम सार्वजनिक हुने आयोगले बताएको छ।

गुजरातको सूरत लोकसभा सीटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्, यस सिटमा कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए।

नियमअनुसार पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि इभिएममा खसेको मत गणना हुनेछ । कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा इभिएमबाट सिधै मतगणना सुरु हुने जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताए ।

जसमध्ये महिला मतदाताको संख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८.५८ प्रतिशत भएको बीबीसी समाचारमा उल्लेख छ ।

यस सम्पूर्ण प्रक्रियामा १.५ करोड निर्वाचन कर्मचारी र सुरक्षाकर्मी खटाइएको र ६८ हजार अनुगमन टोली गठन गरिएको राजीव कुमारले बताए ।

छ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले बताएका छन्। अधिकांश निर्वाचन सर्भेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरेका छन् । 

आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण  भएको बताए। कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनले उल्लेख गरे।

मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजे पनि निर्वाचनमा ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्तल कुमारले बताए। 
 
उनले कूल मतदाताको सङ्ख्या बढेता पनि पछिल्लो आम चुनावको तुलनामा मतदानमा केही कमी आएको बताए। मतदाताको उपस्थितिमा आएको गिरावटलाई विश्लेषकहरूले आंशिक रूपमा औसतभन्दा बढी तापक्रमलाई दोष दिएका छन् ।

गर्मीका कारण उत्तरी भारतमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका कारण धेरै मतदाताहरु प्रभावित भएका थिए।

उत्तर प्रदेश राज्यमा मात्रै शनिबार गर्मीका कारण कम्तीमा ३३ जना मतदानकर्मीको मृत्यु भएको थियो । उक्त राज्यमा निर्वाचन अधिकारीहरूका अनुसार ४६.९ डिग्री सेल्सियस तापक्रम  पुगेको छ । यो चुनावबाट मतदान चाँडै समाप्त हुनुपर्ने पाठ सिकेको कुमारले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.