टी-२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलबाट शानदार सुरुवात गर्ने लक्ष्यमा नेपाल

टी-२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलबाट शानदार सुरुवात गर्ने लक्ष्यमा नेपाल
फाइल तस्बिर।

काठमाडौं : आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ।  समूह डीमा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति आज राति  ९ :१५  बजे नेदरल्यान्ड्सविरूद्ध खेल्न लागेको हो।

समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।  नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित दर्ता गर्नु आवश्यक छ। अहिलेसम्म टी-२० आईमा १२ खेलमध्ये नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन बनाएको छ। टी-२० विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्स पहिलो पटक प्रतिस्पर्धामा उत्रदैछन् । नेपालले घरेलु मैदानमा भने दबाबमा राख्ने गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्वीकार गर्दा उनी अमेरिकामा हुने खेलमा सहभागि हुन नपाउने भएका छन्। 

को-को छन् आसिसीको सूचीमा ?

नेपाली टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिक जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।

अफिसियल :

मोन्टि देशाइ (प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रड एस्टविक (बलिङ कन्सल्टेन्ट), प्रदीप मजगैया (व्यवस्थापक), दिवाकर घले (टिम लिडर), होम नाथ पन्त (डाक्टर), विक्रम न्यौपाने (फिजियो), रमण शिवाकोटी (एनालिस्ट), अब्दुल शतार (फिटनेस ट्रेनर) ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.