प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। बजेटमाथिको छलफल आइतबारदेखि सुरू भएको हो।
आजको बैठकमा तीनवटा शोक प्रस्ताव पारित हुने कार्यसूची छ।
नेपाली कांग्रेसका पूर्वसांसद सूर्यमान गुरूङ, शैयद मेहराज अहमद शाह र खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ।