बरालिएको बजेट ट्याकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन्। संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरू खोलेको र यसअघि बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिए।
आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
उनले बजेटको आकार केहि बढेको देखिए पनि जिडिपीको अनुपातमा यसवर्षको बजेट घटेर आएको दावी गरे।