संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गरिन्छ : खेलकुदमन्त्री

संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गरिन्छ : खेलकुदमन्त्री

काठमाडौं : खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई कुनै पनि संघले बन्धक बनाएर राख्न नपाउने बताएका छन्। 

मंगलबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा सञ्चालन गरिने आर्थिक आर्थिक वर्षको कार्यक्रम तालिका सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुनै काम नगर्ने तर संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिए। उनले खेलकुदका कार्यक्रम आयोजना नगर्ने संघको कुनै औचित्य नरहेको भन्दै आफूले यस विषयमा अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे। 

संघमा देखिएको कुनै समस्या देखिए त्यसलाई समाधान गर्न आफू तयार रहेको उनको भनाइ छ।  यसपटक खेलकुद क्षेत्रको बजेट बढेर आएको र सरकारले पनि ८० वटा खेलको आयोजना गर्ने महत्वकांक्षी संकल्प लिएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले खेलको क्यालेन्डर सार्वजनिक भएसँगै आफ्नो पहिलो निर्णय कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे। 

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले सरकारको अग्रसरताका कारण पारदर्शी ढंगले खेलकुदको क्यालेन्डर बनाउन सफल भएको भन्दै यसलाई कार्यान्वयनमा लगिने बताए। 

राखेपले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी आर्थिक बर्षमा राखेपले ११ बटा कार्यक्रम गर्नेछ भने ३५ वटा राष्ट्रिय खेल संघमार्फत ६८ वटा अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना हुनेछन्। त्यस्तै ४१ वटा राष्ट्रिय खेलकुद संघहरुमार्फत १ सय २२ वटा राष्ट्रिय कार्यक्रमहरु आयोजना हुने राखेपले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.