वाराणसीमा मोदीको ह्याट्रिक
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट ह्याट्रिक गरेका छन्। भारतको लोकसभा निर्वाचनमा उनले ह्याट्रिक गरेका हुन्। मोदीले कांग्रेसका अजय रायलाई १ लाख ५२ हजार मतान्तरले विजयी भएका हुन्।
मोदीले कूल ६ लाख १२ हजार मत ल्याउँदा रायले ४ लाख ६० हजार मत ल्याए।
मोदीले यसअघि सन् २०१४ र २०१९ मा यही क्षेत्रबाट विजयी भएका थिए। अघिल्लो निर्वाचनमा मोदीले ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए। यसपटक भने मतान्तर घटेको छ।