एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट
![एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_KU9e6ObF9D_jqGUGTlukX.jpg)
प्युठान : नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा विजयविराज विष्ट पुनः निर्वाचित भएका छन्। दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए।
उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित भएका निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए।
मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)