पूर्व कप्तान पारस खड्काले सम्झिए २०१४ को विश्वकप

पूर्व कप्तान पारस खड्काले सम्झिए २०१४ को विश्वकप

काठमाडौं : पूर्व कप्तान पारस खड्काले सन् २०१४ को विश्वकप स्मरण गरेका छन्। बंगलादेशमा आयोजना भएको उक्त विश्वकपमा नेपालले पहिलोपटक सहभागी भएको थियो। पारस खड्काकै कप्तानीमा सहभागी भएको नेपाली टोलीले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो। 

नेपालले अफगानिस्तानलाई ९ रन र हङकङलाई ८० रनले पराजित गरेको थियो। बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपाल रनरेटका आधारमा अर्को चरणमा प्रवेश हुन सकेको थिएन। नेपालले पहिलो खेलमा टस हारेर हङकङविरुद्ध ब्याटिङ गरेको थियो। निर्धारित ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको हङकङलाई नेपालले ६९ रनमै अलआउट गरेको थियो। बसन्त रेग्मी र शक्ति गौचनले हङकङको इनिङलाई धारासायी बनाएका थिए। 

त्यस्तै अफगानिस्तानविरुद्ध पनि टस हारेर नेपालले ब्याटिङ गरेको थियो। निर्धारित ओभरको खेलमा नेपालले ५ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा १३२ रनमात्र बनाउन सक्यो। नेपालले बंगलादेशविरुद्ध भने १२६ रन बनाएको थियो। बंगलादेशले २७८ बल अगावै निर्धारित लक्ष्य भेट्याएको थियो। 

पूर्व कप्तान खड्काले त्यो पल सिंगो देशकै लागि गौरवशाली बनाएको स्मरण गरे। यसबीचमा नेपालले थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको उनको भनाइ छ। उनले  नेपाली क्रिकेट टोली आज विश्वकपको मञ्चमा चन्द्र-सूर्य ध्वजासहित उत्रिने बताए।

पूर्व कप्तान खड्का लेख्छन्-
नयाँ पुस्ताको आगमन : एक दशक लामो समय अन्तराल पश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मञ्चमा चन्द्र-सुर्य ध्वजा सहित उत्रिने छ। सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दै-गर्दाको त्यो पल सिंगो देशकै लागि गौरवशाली थियो। एक दशकको आरोह अवरोहहरु विच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाई हाँसिल गरेको छ यो सिंगो राष्ट्रका लागि प्रेरणादायी कथा हो। विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौ युवा र बालबालिकाहरूलाई क्रिकेटको ब्याट र बल वोक्ने उत्साह बढ्नेछ। अन्त्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलिलाई सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै हाम्रो टोलिले विश्व सामु नेपालको नामलाई पुनः शिखरमा पुर्याउने विश्वास राख्दछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.