बजेट उत्साहजनक हुन्छ

बजेट उत्साहजनक हुन्छ

बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको अन्तिम चरणमा छौं। २०८०÷०८१ को ६२ अर्ब र त्योभन्दा अघिको ७१ अर्ब थियो। आर्थिक मन्दीका कारण आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्व संकलन घटेको छ। संघले दिने अनुदानमा पनि करिब ११ प्रतिशतले कमी आएको छ। 

त्यसको अधीनमा रहेर हामीले बजेट निर्माण गर्दैछौं। बागमती प्रदेशको आर्थिक वृद्धिदर अन्यन्तै न्यून १.७८ प्रतिशत मात्र छ। 

हामी लगानीको मोडल परिवर्तन गर्न लागिरहेका छौं। हामीले पूर्वाधारको काम बढी गर्‍यौं। शैक्षिक क्षेत्रमा ठूलो लगानी गर्‍यौं। प्रदेशभरि नै अस्पतालहरूको सुधारमा काम गर्‍यौं। प्रदेशवासीले राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले बजेट निर्माण हुँदैछ। यसअघि १२ अस्पतालको सेवा विस्तार र सुधार गरेकोमा थप चारवटा अस्पताललाई स्तरीय बनाउने काम हुँदैछ।

कृषि उत्पादनलाई हामीले जोड दिँदैछौं। कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिएका छौं। हामीले विशेषगरी कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिएका छौं। करको दर वृद्धि होइन, दायरा बढाएका छौं। के के कुरामा दायरा बढेको छ, बजेट आएपछि थाहा हुन्छ। बजेट निराशाजनक छैन। बजेट घाटामा बनाउँदैनांै। हाम्रो क्षमताअनुसार बजेट बनाउँछौं। कुनै पनि माननीयज्यूले आफ्नो क्षेत्रमा बजेट परेन भन्ने स्थिति हुँदैन।

बजेट उत्साहजनक हुन्छ तर अहिले नै अंक भन्न मिल्दैन। ठूलादेखि साना योजनाहरू समेटिएका छन्। आवश्यकताअनुसार पाँच लाख रुपैयाँको योजना पनि सम्बोधन गर्नुपर्ने हुन्छ। ठूला कार्यक्रम पनि छन्। बजेट टुक्रे भयो भन्न मिल्दैन। कतै पाँच लाख रुपैयाँको लगानी गर्दा खोलाको पानी तानेर ठूलो जमिन सिञ्चित हुन सक्छ। गाउँ नै हाम्रो टुक्राटुक्रा छ। यो पटक संसद् विकास कोष भन्ने छुट्टै हुन्न। उहाँहरूको योजना आवश्यकता, प्राथमिकता र हाम्रो बजेटको सीमितताअनुसार समेटिन्छन्। 

प्रदेशले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा धेरै काम गरेको छ। यी कामहरूको निरन्तरता र नयाँ योजनाहरू समेटेर  बजेट निर्माण हुँदैछ। 

(थपलिया, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.