कर्णाली सरकारले आज नीति तथा कार्यकम ल्याउँदै
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ ।
सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ ।
यसपटक कार्यान्वयनमुखी योजना मात्रै बजेटमा समावेश गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको स्रोतको भनाइ छ । बहुवर्षीय योजनाका कारण हरेक वर्ष अन्य योजनाहरु कम समेटिएकाले यो पटक बहुवर्षे सक्ने गरी नीति तथा कार्यक्रम तय हुनेछ ।
सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्ने भन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई मुर्तरुप दिनु पर्ने अवस्था रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
१