प्रतिनिधिसभा बैठक सुरू, बजेटमाथिको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने


काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अभिलेख संरक्षण (पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१' प्रस्तुत गर्ने दैनिक कार्यसूचीमा उल्लेख  छ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ।

छलफलपछि अर्थमन्त्री वर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ।

बैठकमा 'विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।  अर्थमन्त्री पुनले 'विनियोजन विधेयक, २०८१" प्रस्तुत गर्ने कार्यसूची छ।

“राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। यसपछि बैठकमा अर्थमन्त्री पुनले “राष्ट्र ऋण उठाउने विधेयक, २०८१" ,भन्सार महशुल विधेयक, २०८१” प्रस्तुत गर्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.