विराटनगरका एक पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा लगाए आगो

विराटनगरका एक पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा लगाए आगो

विराटनगर  : विराटनगरका एकजना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ ७:४० बजेतिर पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटना विराटनगर–७ हरियाली टोलमा भएको हो । आगोले शरीर जलेर कामत गम्भीर घाइते भएको जानकारी बस्नेतले दिए । उनका अनुसार कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कामत केही समयदेखि पारिवारिक तनावमा रहेको पाइएको छ । केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ । डीएसपी बस्नेतले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । 

अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.