वातावरण संरक्षण र जलवायु परिवर्तन संवादमा बालबालिका तथा युवाका आवाज

वातावरण संरक्षण र जलवायु परिवर्तन संवादमा बालबालिका तथा युवाका आवाज

काठमाडौं : जलवायु परिवर्तनले गर्मी अचाक्ली बढेका कारण तराईका केही जिल्लाहरूमा विद्यालय बन्द छन्। विद्यालय बन्द भए, बालबालिका तथा विद्यार्थीले छुट्टी मनाउन पाए भन्ने एक किसिमको बुझाइ हो। तर, जलवायु परिवर्तन र वातावरणमा आएको ह्रासले बालबालिका तथा युवाको जीवनमा के कस्तो प्रभाव पार्न सक्छ भन्नेतर्फ कसैको ध्यान जान सकेको छैन।

जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लियो, बाढी गयो, पहिरो गयो भन्ने जस्ता ठूलाठूला घटनामा मात्र अहिलेको विश्वको छलफल भइरहँदा बालबालिका तथा युवा अझ त्यसमा पनि अपांगता भएका, आर्थिक तथा सामाजिक हिसाबले पिछडिएका, लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिका तथा युवाको जीवनशैलीमा, व्यवहारमा, भोगाइमा पनि असर गरेको छ कि भनेर हेर्न जरुरी भइसकेको छ। जलवायु परिवर्तन र वातावरण प्रदूषणले गरेको असरका सम्बन्धमा विज्ञसँगको बुझाइ मात्र भन्दा पनि ती समस्यासँग सम्बन्धित युवा तथा बालबालिकाको जीवन भोगाइका बारेमा सेभ द चिल्ड्रेन नेपालले उनीहरूकै नेतृत्वमा सहजीकरण गर्दै आएको छ।

सेभ द चिल्ड्रेनले बालबालिका तथा युवालाई अगुवा बनाएर विभिन्न अभियानहरू पनि सुरु गरेको छ। यस क्रममा सेभ द चिल्ड्रेनले जस्तै, कायापलट, नेप्लिज युथ फर क्लाइमेट एक्सन, क्वयेर केयर, ब्लु डाइमन्ड सोसाइटीलगायत अन्य विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्दै आएको छ। त्यस्ता युवा तथा बालबालिकाको अगुवाइमा सुरु गरिएको जलवायुसम्बन्धी अभियानहरूमा पन्नी से दूर जनकपुर, सिफ्ट, जेनेरेसन होप, रेड अलर्टलगायतका छन्। यी अभियानमा लागेका केही बालबालिका तथा युवाको जीवन भोगाइको बारेमा यहाँ प्रस्तुत गरिएको छः

ooo

दिवाकर उप्रेती
- संस्थापक कायापलट, मधेस प्रदेश

मधेस प्रदेशअन्तर्गतको जनकपुर उपमहानगरपालिकामा प्लास्टिकजन्य वस्तुको प्रयोगमा न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर पन्नी से दूर जनकपुर अभियान नै सञ्चालन भइरहेको छ। जता त्यतै प्लाटिस्क नै प्लास्टिक, जुन करिब ४१ सय वर्षसम्म कुहिँदैन।

प्लास्टिकले वर्तमान अवस्थामा प्रदूषण त गर्छन् भावी आउने सन्ततिको पनि भविष्यलाई असर गर्छ। यसले समाजमा पार्ने असरसँगै बालबालिका तथा युवामा पार्ने असर अझ भयावह हुन्छ र यसलाई रोकथाम तथा न्यूनीकरणका लागि पन्नी से दूर जनकपुर अभियान सञ्चालनमा ल्याइएको यसका अभियानकर्ता युवा दिवाकर उप्रेती बताउँछन्।

उनका अनुसार विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार ७ देखि १३ प्रतिशत मानिसको रगतमा माइक्रो प्लास्टिक भेटिने गरेको छ। यसैले पनि प्लास्टिकको प्रयोगको भयावह स्थिति व्याख्या गर्ने उप्रेती भन्छन्। यसले जलवायु परिवर्तनमा पनि भूमिका खेलिरहेको छ। यो समस्यालाई सम्बोधन गर्न युवाहरूलाई सशक्तीकरण गर्न जरुरी रहेकोले पनि सेभ द चिल्ड्रेनको सहयोगमा यो अभियान सञ्चालन भएको हो। युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारणले भागिरहेका समस्याका बारेमा उनीहरूले थाहा पाउने र त्यसले जीवन भोगाइमा पारेको असरको बारेमा जानकारी दिने काम अभियानले गरेको छ। यसले सकारात्मक प्रभाव परेको छ। सन् २०२१ बाट सञ्चालित यसले अभियानले समाज सुधार भूमिका खेलेको उप्रेतीको भनाइ छ।

ooo

पुष्पा आचार्य
सिफ्ट अभियन्ता, कर्णाली प्रदेश

पिछडिएको प्रदेशको रूपमा रहेको कर्णाली पनि जलवायु परिवर्तनको असरबाट अछूतो रहन सकेको छैन। नांगा डाँडा, पानीको अभावलगायतका कारण ठूलासँगै बालबालिका तथा युवा पनि प्रताडित भइरहेका छन्। यो समुदायको दैनिक भोगाइ नै प्रभावित बनिरहँदा सेभ द चिल्ड्रेनको माई फरेस्ट चाइल्ड परियोजनाअन्तर्गत सिफ्ट अभियान सुरु गरिएको पुष्पा आचार्य बताउँछिन्। यसमा वन उपभोक्ता समिति, बालबालिका, स्थानीय निकायहरूको आबद्धता रहेको छ। यसमा वृक्षरोपण, जलवायु परिवतर्नको बारेमा जनचेतना जगाउने र बालबालिकाले आफ्नो समस्याको बारेमा थाहा पाउने र यसको न्यूनीकरणका लागि काम हुँदै आइरहेको छ।

वातावरण दिवसको अवसरमा सिफ्ट अभियानअन्तर्गत जाजरकोटका २४ बालबालिकाहरूले छुट्टै अभियान सञ्चालन गर्दैछन् । उक्त अभियानअन्तर्गत त्यहाँ विद्यालय, सामुदायिक वन उपभोक्ता, सहायक वन कार्यालयलगायतको सहभागिता रहनेछ। कर्णालीको जाजरकोट जिल्लाको ठेलागाठ नगरपालिकामा ६ सय बिरुवा रोपिने कार्यक्रम रहेको छ।

ooo

अञ्जली शाही चालिसे
नेटवर्क कोअर्डिनेटर नेपलिज युथ फर क्लाइमेट एक्सेन

युवालाई देशको कर्णाधार भनिन्छ। ती युवाहरू मानसिक, शारीरिक तथा सामाजिक रूपमा सक्षम बन्न सक्नुपर्छ। विश्वव्यापी महामारीको रूपमा जलवायु परिर्वतनको असरको बारेमा बहस चलिरहँदा त्यसबाट युवा वर्ग कसरी प्रभावित बनिरहेको छ भन्ने हेर्न नेपलिज युथ फर क्लाइमेट एक्सेनको स्थापना भएको हो। यो एउटा त्यस्तो संस्था हो जसले बृहत् रूपमा युवाहरूको संलग्नताबाट जलवायुको क्षेत्रमा वकालत गर्दै आइरहेको नेटवर्क कोअर्डिनेटर अञ्जली शाही चालिसे बताउँछिन्।

यस क्षेत्रमा वकालत, जनचेतना अभियान र क्षमता वृद्धिको काम गर्दै आइरहेको संस्थाले रेड अलर्ट कार्यक्रम सञ्चालन गरेको थियो भने अहिले सिफ्ट क्यापियन सञ्चालन गरिरहेको छ। सन् २००८ मा स्थापना भएको यो अभियानले ७ प्रदेशमा नै च्याप्टर गठन गरेको छ।

अहिलेसम्म करिब पाँच सय विद्यालयमा यसको पहुँच पुगेको छ। युवासँगै जलवायुले बालबालिकामा पारेको असरको बारेमा विभिन्न विद्यालयमा गएर जनचेतना जगाउने काम गरिरहेको चालिसेले जानकारी दिइन्। यसका लागि बोलेरमात्र भन्दा पनि विभिन्न कलाको माध्यमबाट उनीहरूलाई जलवायुको बारेमा जानकारी गराइने काम यस अभियानले गरेको छ।

ooo

 सुमन ज्ञवाली
- क्वयेर केयर सदस्य  यौनिक

तथा लैंगिक अल्पसंख्यकको रूपमा रहेको अपांगता भएका, सीमान्तकृत, दलित, महिलालगायतलाई पनि युवा तथा बालबालिका नै समावेश गर्दा उनीहरूको हकअधिकार संरक्षण नहुने बताइन्छ। एउटा युवाको भोगाइ र यौनिक अल्पसंख्यकको भोगाइ फरक हुन्छ। यस कारण उनीहरूलाई फरक किसिमले समेटिने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर क्वयेर केयर अभियान सञ्चालनमा आएको छ।

जलवायु परिवर्तनले यस्तो वर्गमा पारेको मानसिक प्रभावलाई कम गर्न, समाज सरल जीवनयापनका लागि यो अभियानले काम गर्ने सदस्य सुमन ज्ञवाली बताउँछन्। यो समुदायलाई खुल्ने वातावरण नभएको हुँदा युवाले नै युवाको कुरा बुझ्छ भनी यो अभियान सुरु गरिएको ज्ञवालीको भनाइ छ। 

‘जलवायु संकट बालअधिकार संकट हो’

युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन नेपालले जलवायु परिवर्तनको असरलाई बृहत् रूपमा भन्दा पनि जीवन भोगाइमा पारेको असरमा सूक्ष्म रूपमा काम गर्न सुरु गरेको छ। सेभ द चिल्ड्रेनले आफैं अभियान सञ्चालनभन्दा पनि आवश्यकताअनुसार र युवा तथा बालबालिकाको अगुवाइमा नै उनीहरूको कुरा बुझ्ने, सुन्ने र भन्ने तरिकाले  विभिन्न अभियानमा सहजीकरण गर्दै आइरहेको छ।

विश्व वातावरण दिवसको अवसरमा सेभ द चिल्ड्रेन नेपालले जलवायुको क्षेत्रका गरेका प्रयासहरूको बारेमा जानकारी दिन एड्भोकेसी, अभियान, सञ्चार र मिडिया (एसीसीएम) को निर्देशक आयुष जोशीको अन्तरवार्ताको अंश प्रस्तुत गरिएको छ।

सेभ द चिल्ड्रेनले जलवायु समस्यामा कसरी काम गरिरहेको छ ?
 

सेभ द चिल्ड्रेनमा, हामीले ‘जलवायु संकट बालअधिकार संकट हो’ भनी बुझेका छौं, र हामी यसलाई बालबालिकाको अस्तित्व, सिकाइ र संरक्षणका लागि सबैभन्दा ठूलो खतरालाई अन्तरपुस्ता बालअधिकार संकटका रूपमा हेर्छौं। यस संकटलाई सम्बोधन नगरी, विशेषगरी अति सीमान्तकृत समुदाय र बालबालिका र परिवारका लागि लचिलो र दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्न असम्भव हुनेछ।

सेभ द चिल्ड्रेनले बालबालिका, परिवार र प्रणालीको क्षमतामा ध्यान केन्द्रित गरेर सबै बालबालिकालाई आघात र तनावबाट जोगाउनका लागि रणनीतिक योजनामा प्रतिबिम्बित उनीहरूको अधिकारको प्राप्ति सुनिश्चित गर्ने काममा वकालत गर्छ। 

जलवायु न्याय वार्तामा बालबालिका र युवाहरूलाई समावेश गर्नु किन महत्वपूर्ण छ ?
जलवायु वार्तालापहरू प्रायः ‘विशेषज्ञहरू’लाई प्राथमिकता दिन्छन्, बालबालिका र युवा मानिसहरूको जीवित अनुभव र विशेषज्ञतालाई बेवास्ता गरिन्छ। नेपालमा सेभ द चिल्ड्रेनले एक सहजकर्ताको रूपमा भूमिका खेलिरहेको छ।

विभिन्न क्षेत्रका बालबालिकाहरूलाई संलग्न गराउने र उनीहरूलाई जलवायु संकटका लागि छलफल गर्न र समाधानहरू पहिचान गर्न सशक्त बनाउन काम गरिरहेको छ। हामी सुन्ने, अर्थपूर्ण संलग्नता र बालबालिकालाई सशक्तीकरणमा जोड दिन्छौं, र जलवायु वार्तालापमा नेतृत्व लिन बालबालिका र युवाहरूलाई शक्ति हस्तान्तरणका लागि अग्रसर गराउँछौं।

के तपाईं हामीलाई सेभ द चिल्ड्रेनको जलवायु न्याय अभियानका सफल उदाहरणहरू दिन सक्नुहुन्छ ?
हामीले स्थानीयकरण लेन्सबाट अभियानहरू हेरिरहेका छौं। यसको मतलब, स्रोतहरू सुनिश्चित गर्न मात्र नभई बालबालिका र युवाहरूको आवाजलाई अघि सार्न र उनीहरूको विशेषज्ञतालाई हाइलाइट गरिँदैछ भन्ने कुरा सुनिश्चित गर्न पनि वकालत गर्छौं।

जलवायु न्यायसम्बन्धी वकालत र अभियानहरू गर्दा हामीले बालबालिका र युवालाई अगाडि बढाउँदै र नेतृत्व दिँदै उनीहरूको आवाजलाई स्थानीय र विश्वव्यापी स्तरका छलफलहरूलाई प्रभाव पार्न रणनीतिक रूपमा च्यानल र पूर्वनिर्धारित व्यवस्थालाई सुनिश्चित गर्न प्रभाव र स्रोतहरूलाई साझा गर्नुपर्छ।

वायु प्रदूषणले बालबालिकालाई कस्तो असर गर्छ ?
हाम्रो भर्खरको रिपोर्ट, ‘ब्रेथलेस फ्युचर्स’ ले बालबालिका र कम प्रतिनिधित्व भएका समूहहरूमा वायु प्रदूषणको प्रभावलाई हाइलाइट गरेको छ। यसले श्वासप्रश्वाससम्बन्धी रोगहरू, छालासम्बन्धी रोगहरू र गर्भावस्थामा हुने जटिलताहरूसमेत बिग्रिएको हावाको गुणस्तरले धेरै स्वास्थ्य जोखिमहरू निम्त्याउँछ भन्ने कुरा देखाएको छ।

प्रतिवेदनले बालबालिकाको समग्र कल्याण र वृद्धिमा पर्ने असरलाई ध्यानमा राख्दै वायु प्रदूषणलाई स्वास्थ्यमा पर्ने असरभन्दा बाहिर हेर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ। परामर्शको क्रममा, बालबालिकाहरूले विद्यालय बन्द हुने, सिकाइमा कमी आउने र आफ्नो परिवारको जीविकोपार्जनमा प्रतिबन्धित गतिशीलताको बारेमा डर व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.