नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट दिए राजीनामा

नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट दिए राजीनामा

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।  प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रपति द्रोपदी मुर्मरलाई भेटेर राजीनामा बुझाएका हुन्। 

जुन ८ मा भारतमा नयाँ सरकार गठन हुने र त्यसमा  मोदी स्वयं प्रधानमन्त्री हुने भएपछि राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

जुन ८ तारिखसम्म मोदी नै काम चलाउन प्रधानमन्त्री हुनेछन्। लोकसभाका लागि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेनन्। लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।

मोदीको पार्टी भारतीय जनता पार्टी  (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीत हाँसिल गरेको छ। 

निर्वाचन आयोगको वेबसाइटका अनुसार बीजेपीले २४०,कांग्रेसले ९९, सपा ३७, टीएमसी २९, डीएमके २२, टीडीपी १६, जेडीयू १२, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडी ४ र लोक जनशक्ति पार्टीका रामविलासले ५ मत पाएका छन् । शिव सेना शिन्देले ७ सिट पाएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.