बजेटमाथि गगनको टिप्पणी : आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो होइन

बजेटमाथि गगनको टिप्पणी : आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो होइन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक वृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने आधारबारे अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन्।

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पूरा हुनेमा आशंका रहेको उनको भनाइ छ । उनले राजस्वको लक्ष्य भेट्ने आधारका बारेमा पनि प्रष्ट पार्नुपर्ने बताए । थापाले राष्ट्रिय गौरवको आयोजनाहरूमा अन्त्य न्यून बजेट बिनियोजन गर्दा दशर्कौसम्म पनि पूरा हुन अवस्था नदेखिएको धारणा राखे । पूँजीगत खर्चको योजनाका बारेमा पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।
गठबन्धनको मुख्य दल एमाले अध्यक्षले नै बजेटसँग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए । उनले मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केहि समयपछि बजेट आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाइ सामान्य प्रश्नमात्रै सोध्ने भन्दै कटाक्ष गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.