सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ३ अर्बमा झर्‍यो

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम ३ अर्बमा झर्‍यो

काठमाडौं : सेयर बजारमा सामान्य अंकको करेक्सन आएको छ। साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा अडिएको छ। स‍ेन्सेटिभ इण्डेक्स  ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ।

अघिल्लो कारोबार दिन नेप्से ६.२२ अंकले घटेको थियो। सो दिन ४ अर्ब ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३०६ स्क्रिप्सको  ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड  २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भए।

भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट ल‍ेभलमा कारोबार भयो।  मनकामना स्मार्ट लघुवित्त वित्तीय र  माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले वृद्धि भयो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ८३ स्टकको मूल्य बढ्दा १५८ वटाको  घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।

फाइनान्स,मनु एण्ड प्रो, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन्। म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढ्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.