मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने, लोसपाले पक्षमा मतदान गर्ने

मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने, लोसपाले पक्षमा मतदान गर्ने
मुख्यमन्त्री सरोजकुमार यादव।

जनकपुरधाम : लामो समय अनिर्णित बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ।

लोसपा नेता जितेन्द्र सोनालले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय भएको बताए। 'सरकारलाई समर्थन गर्ने निर्णय भएको छ। हामीले सरकारको पक्षमा मतदान गर्छौं,' उनले भने।

यसैबीच बिरामीको पत्र पठाएका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने भएका छन्। सरकारको प्रतिनिधि भएपछि स्थगित भएको प्रदेशसभा बैठक केहीबेर पुनः सुरू हुने बताइएको छ। 

जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले मुख्यमन्त्रीले आजै विश्वासको मत लिने बताए। उनले भने, 'सरकारले आजै विश्वासको मत लिनेछ। विश्वासको मत लिन सरकार कहीँ भाग्दैन। निर्धारित समयमै सरकारले विश्वासको मत लिन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.