जनताका समस्या सुन्न घर-घरमा नगर प्रहरी परिचालन गर्दै ललितपुर महानगर

जनताका समस्या सुन्न घर-घरमा नगर प्रहरी परिचालन गर्दै ललितपुर महानगर

ललितपुर : ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ । जनताका समस्या प्रत्यक्ष रुपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ । 

null

नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । उनले जनताका भोग्नुपर्ने समस्याहरु सुनुवाई गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए । 

कार्यक्रमले स्थानीय सरकारको महशुस जनताले प्रत्यक्ष रुपमा गर्न सक्ने उनको विश्वास छ । त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन विभिन्न स्थानमा वृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिए।

उनले महानगरको वृक्षारोपण अभियान अन्तर्गत रोकिएका बिरुवाहरुलाई क्षति पुर्‍याउनेलाई कारवाही गरिएको बताए ।nullnullnull

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.