शरीरमा आगो लगाएका पुरुषको मृत्यु

शरीरमा आगो लगाएका पुरुषको मृत्यु

विराटनगर : पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका एक जना पुरुषको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको उपचारका क्रममा बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको हो। उनले विराटनगर–७ हरियाली टोलमा मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए। 

गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आगोले कामतको शरीरको ७० प्रतिशत भाग जलेको थियो। घटनाको अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए। 

उनका अनुसार कामतले आफैंलाई आगो लगाउनुको कारण खुल्न बाँकी छ। उनी केही समयदेखि पारिवारिक तनावमा रहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.