नेपालको हरेक रनमा ओमोडाले नयाँ रूख रोप्ने

नेपालको हरेक रनमा ओमोडाले नयाँ रूख रोप्ने

काठमाडौं : नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टि ट्वान्टी क्रिकेट विश्वकप’का अवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारामा वातावरणीय योजना ल्याएको छ। दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्नेछ। 

यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन्।

एसपिजि अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो। यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ। विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ। हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ।’

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्दछ। एसपिजि अटोमोबाइल्स, सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा ओमोडा का ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन व्यक्त गर्न आह्वान गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.