टेरामक्स र एनसेल प्रकरणमा दोषी देखिएकाहरू उम्किन पाउँदैनन् : सञ्चारमन्त्री


काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स र एनसेल प्रकरणमा दोषी देखिएकाहरू उम्किन नपाउने  बताएकी छन्। सुरक्षण मुद्रण विधेयकसम्बन्धी छलफलमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले गल्ती गर्नेहरू सजायको भागिदार बन्नैपर्ने बताए।

उनले टेरामक्स र एनसेल प्रकरणमा सरकारले छानबिन समिति बनाएको र छानबिन समितिको प्रतिवेदनअनुसार नै काम भइरहेको बताइन्। 'टेरामक्स र एनसेलको विषयमा सरकार आफैंले छानबिन गरेको छ। छानबिनको प्रतिवेदनअनुसार सरकारले सञ्चार मन्त्रालयलाई पत्राचार पनि गरेको छ। हामी त्यहीअनुरुप अगाडि बढ्दैछौं,' उनले भनिन्।

उनले देश र जनताको हितअनुसार नै सञ्चार मन्त्रालयले काम गर्ने बताए। 'गल्ती गर्नेहरू सजायको भागिदार बन्नैपर्छ। हामी त्यही स्पिरिटमा अगाडि बढ्दैछौं,' उनले भनिन्। छानबिनकै अवस्थामा रहेका विषयमा धेरै चर्चा गर्नु उपयुक्त नरहेको भन्दै उनले लोकतन्त्रमा गल्ती गर्ने मान्छे जोसुकै भएपनि सजायको भागिदार बन्नुपर्ने बताइन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेरामक्स प्रकरणमा छानबिन गरिरहेको छ। संसदको लेखा समितिले टेरामक्समा प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो। 

त्यस्तै मन्त्री शर्माले सुरक्षाको दृष्टिकोण र वैदेशिक मुद्रा बाहिरिने भएकाले पनि सुरक्षण मुद्रणसम्बन्धी छपाइहरू नेपालमै हुनुपर्ने बताइन्। उनले बैंकिङ नोट, राहदानी, हुलाक टिकट  स्टिकरजस्ता विषयवस्तुको छपाइ अब नेपालमै हुने बताइन्। उनले कतिपय मेसिनहरू सरकारसँग उपलब्ध नरहेकाले सार्वजनिक खरिद ऐनअनुसार किन्नुपर्ने र त्यस प्रक्रियामा केही ढिलाई हुने भएकाले तिथिमिति नै तोक्न नसकिने प्रष्ट पारेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.