प्रधानमन्त्रीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जाने

प्रधानमन्त्रीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन्। प्रधानमन्त्री दाहालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जाने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। प्रधानमन्त्रीको दिल्ली भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनको भनाइ छ।

प्रतिनिधिमण्डल कतिजनाको हुने भन्ने एकिन नभएको मन्त्री शर्माले बताइन्। 'कति जनाको टोली जाने भन्ने विषयमा एकिन भएको छैन,' उनले भनिन्। 

मोदीले शनिबार वा आइतबार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका छन्। यसैबीच प्रधानमन्त्री दाहालले बुधबार बेलुका मोदीसँग टेलिफोन सम्बाद गरेका थिए। उनीहरूबीच दुई देशबीचको हितका विषयमा छलफल भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.