मधेशमा जनमतले १/१ सांसद भएको पार्टीलाई एक एक मन्त्रालय दिने

मधेशमा जनमतले १/१ सांसद भएको पार्टीलाई एक एक मन्त्रालय दिने

जनकपुरधाम : मधेश प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्रीसहित तत्काल एक बिनाविभागीय मन्त्रालय पाउने सहमति गरेको छ। साथै जनमतले साझेदार दलहरुबीच एमालेलाई भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण मन्त्रालय, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा एकीकृत समाजवादीलाई कृषि उर्जा तथा सिंचाइ मत्रालय दिने भएको छ।

अन्य १/१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।आजै ११ बजे मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहण समारोह तय गरिएको छ ।

आज बिहान जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका थिए। हिजो राती अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्। 

सतिश सप्तरी क्षेत्र न २ ख बाट निर्वाचित सांसद हुन्। सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका माओवादी दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.